काठमाडौं । सिद्धार्थ बैँक लिमिटेडले कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै अक्रान्त बनेको बेला १७ स्थानीय राहत कोषमा आर्थिक सहयोग गरेको जनाएको छ ।
बैंकले आफनो सहयोगी हातहरुलाई अगाडि बढाउदै दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्न तथा आर्थिक स्थिति कमजोर भएका दैनिक जीवनयापनमा नै कठिन हुने वर्गलाई तत्काल राहत हुने गरी यस बैंकका स्थानिय तह अन्तर्गत रहेका १७ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत ३० हजारको दरले स्थानीय तह राहत कोषमा पाँच लाख १० हजार सहयोग गरेको छ ।
बैंकले निरन्तर सहयोग प्रदान गर्दै आएको र सो सहयोगबाट आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउने विश्वास बैंकले लिएको छ । उक्त रकम बैंकका निम्न शाखाहरु मार्फत प्रदान गरिएको हो स्
१.विनयी त्रिवेणी, नवलपुर
२.रामगोपालपुर, महोत्तरी
३. आमचोक, भोजपुर
४. गढी, सुनसरी
५. रोशी, काभ्रे
६. मर्चवारी, रुपन्देही
७. गोकुलगंगा, रामेछाप
८. देवघाट, तनहुँ
९. मकालु, संखुवासभा
१०. गोलन्जोर, सिन्धुली
११. आदर्श कोटवाल, बारा
१२. यसोधरा, कपिलवस्तु
१३. माधवनारायण, रौतहट
१४.देवताल, बारा
१५.पुथा उत्तरगंगा, पूर्वी रुकुम
१६.बहुदरमाई, पर्सा





