पु.समाचार

राजा ज्ञानेन्द्रले हस्तान्तरण गरे कोरोना कोषमा दुई करोड, भने सहि सदुपयोग होस्

काठमाडौं । हिमानी कोषले श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट उपलब्ध दुई करोड रुपैया प्रधानमन्त्रीले स्थापना गरेको कोरोना रोकथाम, राहत तथा उपचार कोषमा हस्तान्तरण गरेको जनाएको छ । कोषले चैत्र ३० गते हिमानी कोषका कर्मचारीहरुमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईँलाई उक्त रकम बराबरको चेक हस्तात्नरण गरेको जानकारी दिएको छ ।

रकम हस्तान्तरण गर्दै हिमानी कोषले कोभिड १९ महामारीबाट नेपालीलाई बचाउन उक्त रकम सहि सदुपयोग होस् भन्ने हिमानी कोष र श्री ५ महाराजाधिराजको चाहना रहेको हिमानी कोषले जानकारी गराएको छ ।
यो राहत रकम हस्तान्तरणसँगै कोषले आगामी दिनमा कोभिड १९ विरुद्ध नेपालीलाई राहत र सहयोगको कार्य जारी राख्ने पनि प्रतिबद्धता जनाएको छ।