काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कोरोना कोषमा जम्मा गर्यो सात लाख ५० हजार जमा गरेको छ ।
सरकारको सो प्रयासमा सहयोग गर्ने उद्धेश्यले जीवन वीमक संघ नेपालको पहल तथा निर्णय अनुसार महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फ बाट सात लाख पचास हजार र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले आफ्नो मासिक प्राप्त हुने दुई महिनाको तलब बराबर पाँच लाख चौरासी हजार राष्ट्रिय बाणिज्य बैंकको कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमा सिद्धार्थ बैंक मार्फत जम्मा गरेको व्यहोरा जानकारी गराएको छ ।




