२९ चैत्र, काठमाडौं । सिप्रदी ट्रेडिङले लकडाउनमा पनि राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारी साधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिईरहेको जानकारी गराएको छ । आजसम्म सिप्रदीले १००भन्दा बढी एम्बुलन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरुलाई सेवा दिईसकेको जनाएके छ । कम्पनीले हाल सम्म १६० वटा भन्दा बढी सवारीसाधनहरुलाई पूर्ण सेवा दिईसकेको खुलस्त गरेको छ।
सिप्रदी आफ्नाग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग छ र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताअनुरुप हामी सेवा प्रदान गर्न तत्पर रहेको कम्पनीको विज्ञप्तीमा उल्लेख छ ।
कम्पनीले भनेको छ, ‘सरकारद्वारा जारी गरिएकानियमपालना गरी हाम्राआधिकारीक बिक्रेता, सेवा केन्द्रहरु, सहकर्मी तथाकर्मचारीहरु २४सै घण्टा राष्ट्रका सेवक तथा हाम्राग्राहकहरुलाई सेवा दिनतयार छन् ।’
कम्पनीले यस विषम परिस्थितिमा २५ विभिन्न स्थानबाट सेवाका लागि परिचालित डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सक्ने बताएके छ ।
केही परि आएको अवस्थामा हामीलाई १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न नम्बर समेत उपलब्ध गराएको छ ।
कम्पनीले भनेको छ, ‘अहिलेको अवस्था असहज परिस्थितिहो तर पनि साहस र सावधानीका साथ सामना गर्नुपर्दछ । हामीलाई अनुभूत छ कि यस्तो अवस्थामा हाम्रो महत्वपूर्ण भूमिका छ र प्रमाण, तर्क र सही निर्णयका आधारमा हामीले प्रतिक्रिया जनाउनुपर्छ । हामीलाई विश्वास छ कि हामी हाम्रा सरोकारवालाहरू निम्ति जिम्मेवार एउटा संस्थाका रुपमा हरसम्भव सबै गरिरहेका छौँ ।’




