पु.समाचार

कोरनाको लडाइ अबनेपालका वैज्ञानिक तथा ईञ्जिनियरहरुले पनि लड्नुपर्छ– नेता जोशी

चैत्र ३०, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नबिन्द्रराज जोशीले कोरोनको लडाइँमा अब सरकार वा स्वास्थ्यकर्मीहरु सम्ममा मात्र सिमित रहेन, आजको युग भनेको विज्ञान र प्रबिधीको युग हो र यसका योद्धा भनेका आहिलेका युवा वैज्ञानिक र आविस्कारक भएके बताएका छन् ।

नेता जोशीले कोरोनाले गर्दा विश्वब्यापी रुपमा हुन गएको मानवीय क्षति हामी सबैलाई अवगत नै भएको र हजारौको संख्यामा यसले ज्यान लिदा हामी नेपालीहरु पनि त्रशित र आझै साबधान भएको पनि जनाएका छन्।

नेता जोशीले, ‘कोरोना Testing Kit र Protective Equipment’s  हामीसँग प्रशस्त मात्रमा उपलब्ध छैनन् । यसले गर्दा बिरामी जाच्ने प्रकृयामा ढिलासुस्ती भएको छ। यतिधेरै समस्याहरु छन, तर जहाँ समस्या हुन्छन् त्यहाँ समाधान पनि लुकेको हुन्छ।’ भनेका छन् ।

नेता जोशीले यसै समयमा हाम्रा देशका युवा वैज्ञानीक र ईञ्जिनियरहरुले सरकारको मात्र भर नपरी आफैँले कोरोना बिरुद्ध लड्न सहयोग हुने सामाग्रीहरु निर्माण गरेका छन्, त्यो गर्वको कुरा हो भनेका छन्।
उनले बिष्तृतमा भनेका छन्, ‘Safety Booth (जसबाट बिरामीको प्रत्यक्ष संपर्कमा नआइकन जाच गर्न सकिन्छ), Air Ventilator, Aerosol Box ( जुनबाट खकारको कबmउभि लिन सकिन्छ), Drone बाट निरिक्छन गर्ने System आदिको निर्माण भएको छ।

देशका विभिन्नभाग काठमाडौं, धनगढी, सुर्खेत, झापा आदिमा यस्ता सामाग्रीहरु निर्माण भएका छन जस्ले कतै न कतै कोरोना बिरुद्धको लडाईंमा टेवा पुर्याउछ र पुर्याउनेनै छभन्ने मलाई लाग्छ। म हाम्रा देशका युवा वैज्ञानिक र ईञ्जिनियर प्रती धेरै धन्यवाद भन्न चाहान्छु । तपाईंहरुको यस्तै हौसला र आविष्कारले हामी जस्तोपनि रोगसँग लड्न सक्छौ भन्ने कुरामा दुई मत छैन। विभिन्न बिकसित मुलुकहरुले अप्नाएको उपायहरु हामीले सिकेर यहाँ अपनाउन सक्छौ। सरोकार वाला निकायको ध्यान यसतर्फ जाओस, हाम्रा देशका युवा आविष्कारकहरुलाई हौसला र सहयोगको जरुरत छ ।’