प्रदेश 2

मुख्यमन्त्रीको निर्देशनपछि लकडाउनमा कडाइ

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतबाट आएर बीरगञ्जमा बसेका तीन जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि लकडाउनलाई अझ कडाइ गरिने बताएका छन् ।

मुख्यमन्त्री राउतले नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रदेश नेतृत्वले सीमा नाकासहितका क्षेत्रमा लकडाउन थप प्रभावकारी बनाउन काम शुरु गरिसकेको जानकरी दिएका छन् ।

उनले भारतबाट आएका जमाती केही समय अगाडि नै आएकाले त्यस्ता व्यक्ति अरु पनि हुन सक्ने भएकाले खोज्ने काम भइरहेको जानकारी दिएका छन् । विषयमा मुख्यमन्त्री राउतले आइतबार गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका थिए ।