पु.समाचार

नयाँ बर्ष र कोरोनासंगसंगैका मुलुकका लागि ११ महत्वपूर्ण योजना

डा. डिला संग्रौला/ २०७७ सालको नयाँ वर्षसँगै यो राष्ट्रका हामी नेपाली र विश्वका नागरिकले कोरोना भाइरस नामको महामारीलाई सामना गर्नु परेको छ । कुनै पनि राष्ट्रको मानव जीवनका लागि यो अकल्पनीय र पिडादायक समय हो, यस्तो संकटको घडीमा हामी सबै नेपालीहरु कुनै जाती, धर्म सम्प्रदाय नभनी एकतको सुत्रमा बाधिदै यो महाव्याधीबाट मुक्ति पाउनु नै पर्दछ । आजको समयमा हामी मात्र होईन विश्व मानव समुदाय पनि एक प्रकारले अत्यान्त दुखित अवस्थामा छन ।

यसबाट पार पाउदै सबै राष्ट्रसँगै साझेदारी र आफनै राष्ट्र भित्र पनि सबैका बीचमा समन्वय र सहकार्य गदै उच्च मनोबल र दृढ ईच्छा शक्तिका साथ यो नयाँ वर्ष २०७७ को स्वागत गदै २०७६ को बिदाई गर्नु नै पर्दछ । हामी सबैले एउटा आशाको दियो बाल्दै र नयाँ सोच, शैलीलाई आफनो जीबनमा आत्मासाथ गदै अबको नयाँ साल, नेपाल राष्ट्र र नेपाली जनताले सुखद वर्षको रुपमा अनुभुत गर्न पाउनु नै पर्दछ । राष्ट्र र नेपाली जनताले जिबनमा यस नयाँ वर्षले सकारात्मक परिवर्तन र सुखद दिन अवश्य ल्याउने नै छ । यस्तो संकटपुर्ण घडीमा सबै नेपाली जाती, धर्म र समुदायका नेपालीहरुमा धैर्यता, सहास, नयाँ अठोट एवम संक्रमणबाट आपु पनि बाच्ने र अरु नेपालीलाई समेत बचाउन सक्ने शक्ति हामी सबैमा प्रस्फुटन आवश्यक छ । यस नयाँ वर्षले देशलाई पुर्ण आर्थिक, राजनिती, सामाजिक र सांकृतिक रुपान्तरण गदै मुलुक सम्बृद्धि र विकासको नयाँ बाटो अवलम्बन गदै महत्वपुर्ण सफलता हासिल गर्नु पर्दछ । साथै नयाँ वर्षले एकता, शक्ति र सबल नेपाली राष्ट्रियताको जगमा आर्थिक विकासको दिगो आधार स्थापना गर्न सफलीभुत हुनु पर्दछ । मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रिक शाषन व्यवस्थाको संस्थागत एवम स्थायीत्व कायम गरी आर्थिक समृद्धिको मार्गमा अगाडी बढन नयाँ वर्षले हामी सबैमा प्रेरणा प्रदान गरेर छ । यो नयाँ वर्षमा लकडाउनमा बसेर मनाईरदा केही तिता, मिठा अनुभुतीहरुलाई बटुलेर नयाँ जोस, जागर र हौसलाका साथै कोरोना भाइरसको महामारीबाट जुध्न र छुटकार पाउन हामी सर्बैले नयाँ वर्ष २०७७ को नयाँ कार्यभार निम्न अनुसार अनुशरण गर्न सकेमा हामीले हतियार बिनाको तेस्रो विश्व युद्धबाट छुटकारा अवश्य नै पाउने छौं ।

१) कोरोना संक्रमणको व्यवस्थापन
आज विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ प्रभावबाट नेपाल अछुतो छैन । सामाजिक दुरी कम गर्न र संक्रमणलाई फैलनबाट रोक्न लकडाउन जारी नै छ । अहिलेसम्म जम्मा ९ जनामा संक्रमण फैलिएको सुचनासँगै कोरोना फैलावट दोस्रो चरणमा प्रवेश गरेको छ । कोरोनासँग लड्न रफ्तारमा थुप्रै काम कामहरु गर्नु जरुरी छ ।
हामीले व्यापकरुपमा टेष्ट गर्न जरुरी छ । संक्रमितको कन्टयाक्ट ट्रेस गर्न जरुरी छ । यो बाटोबाट संक्रमितलाई क्वारेन्टाइनमा राख्ने अनि विस्तारै लकडाउन खोल्दै जाने हो । तर आज अझ आवश्यक गर्ने पिपिइ, परिक्षण किड, भेन्टिलेटर लगायतका अत्यावश्यक सामग्री अझैसम्म पुग्न नसक्दा केही मनोवैज्ञानिक असर पनि परेको छ । यसको यथाशिर्घ व्यवस्थापन गर्नु पर्दछ । यसरी कोरोना संक्रमणको व्यवस्थापन गर्न हामीले धेरै कुरामा ध्यान दिनु पर्छ ।

२) जीबनशैली र कार्यपद्धतीमा संशोधन
कोरोनाको महामारीको कष्ट भोगिरहदा अब हामीले आफनो जीबनशैली र हामीले गर्ने कार्यशैलीमा पनि संशोधन गर्न जरुरी हुन्छ । हाम्रो दैनचर्या खानपान, रहनसहनका साथै दैनिक रुपमा गरिने कामलाई परिवर्तन गर्नुपर्दछ । धेरै कामहरु हामीले घरमा बसेर कार्ययोजना बनाएर पनि सक्दछौ भने बाहिर गएर गर्ने काम पनि योजनाबद्ध ढंगले सरलिकृत रुपमा गर्नु पर्दछ । हरेक कार्यशैली र आफनो दिनचर्यालाई बदल्न सकारात्मक सोचको पनि आवश्यकता पर्दछ । उच्च मनोबल र आत्मविश्वास भयो भने जस्तोसुकै कार्यमा पनि सफलता मिल्छ । त्यसैले पुरानो शैली र ढर्राले अबको नयाँ गन्तव्यमा पुग्न सकिदैन । त्यसको लागि पहिला आफुलाई बदल्नु पर्दछ, तबमात्र घर परिवार, समाज र राष्ट्रलाई बदल्न सकिन्छ भन्ने मनोभाव अनुसार जीबनशैली र कार्यपद्धतीमा संशोषन गर्नु आवश्यक छ ।

३) राजनीति नेतृत्वमा सुधारको अपेक्षा
सबै क्षेत्रको मियो राजनिती हो । सबै पक्षमा सुधारको लागि सक्षम राजनितीक नेतृत्वको आवश्यकता पर्दछ । नेतृत्वमा पारदशिता, ईमानदारी र जनता र राष्ट्रप्रतिको बफादारी र प्रतिपद्धता बिना मुलुक समृद्ध बन्न सक्दैन । संकटको बेला राष्ट्रका लागि चुनौती र अवसर दुबै छन । त्यसैले राजनिती नेतृत्वले आफनो नेतृत्वशैली, आचरण, व्यवहारलाई परिवर्तन गदै आफु सुध्रिएको प्रत्याभुती केही राम्रो काम गरेर नेपाली जनतालाई आश्वास्त र विश्वस्त पार्नु पर्दछ । आजसम्म नेपाली जनतालाई नेतृत्व वर्गले भोटको राजनिती मात्र गरे तर उनीहरु जनताको अपेक्षा, आशालाई साकार पार्न कुनै नयाँ योजना र रणनिती बनाउन सकेनन् । अतिबादी चरित्र, चरम महत्वकांक्षा, भ्रष्टाचार गर्ने नियत हाबी हुदा नेपाल बन्न सकेन । त्यसैले कोरोनाले थला परेको नेपाल र नेपाली जनतालाई नयाँ आशाको दियो बाल्न हरेक राजनिती दलमा नेतृत्वमा आमुल परिवर्तन हुन जरुरी छ । बिगत भएका कमीकमजोरीको आत्मआलोचना र आत्म समिक्षा गदै नेपाली जनतालाई नयाँ विश्वास दिलाउन सक्नु पर्दछ ।

४) सामाजिक, आर्थिक पुर्नजिवन
कोरोना भाइरसको महामारीले विश्वको अर्थतन्त्रमा दिर्घकालिन प्रभाव पर्ने नै छ । यसले हाम्रो अर्थतन्त्रमा निकै गहिरो असर पार्ने निश्चित नै छ । अमेरिकामा २० प्रतिशतले रोजगारी गुमाउने अनुमान गरिदै छ भने कतार लगायतका खाडी मुलकबाट नेपाली फर्काउन थालिएको छ । होटल र एयरलाइन्स मान्छे नभएर बन्द भएका छन । उद्योग, कलकारखाना बन्द भएका छन । साना व्यपारी र निम्न आय भएका श्रमिक तथा कर्मचारी यसको चपेटाबाट पिल्सिएरका छन । यही कारणले शिक्षा र स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा पनि थप जटिलता थपिएको छ । त्यसैले आत्मनिर्भर बन्न बन, कृर्षि, पर्यटन, उर्जा, पशुपालन र उद्योगधन्दा क्षेत्रमा पुर्नजिबन दिनु पर्छ । यस्तै हाम्रो सामाजिक चालचलनमा पनि परिवर्तन आएको छ । जस्तो आखाँ मिच्दा, हाल धुदा, हाच्छियु गर्दा सजग छौ । कसैले बाटोमा देख्दा पनि सामाजिक दुरी कायमगरी काम गनु पर्ने अवस्था छ । त्यसैले अहिले अपनाएको शैली लकडाउनको बेला मात्र होईन अब सधैका लागि प्रत्येका नागरिकले आफनो जिवनमा व्यवहारिक रुपमा कायम राख्नु पर्दछ ।

५) उत्पादन र वितरणमा नयाँ अवधारणा
आफुले उत्पादन गरेका कृर्षिजन्य उत्पादन वा पशुपालन गरी उत्पादन गरिएको बस्तु बिक्री गर्न जादा सावधानी अपनाउनु पर्दछ । भिडभाडमा नजाने, सामुहिक रुपमा उत्पादन र वितरण गर्ने हाम्रो पुरानो शैलीलाई बदल्नु जरुरी छ । जस्तो तरकारी लगायतका घरेलु कृर्षि उपज बेच्न हटिया जाने र सामुहिक रुपमा गर्ने कार्य पनि बन्द गर्नुपर्छ । आफुले उत्पादन गरेका बस्तुको वितरण गर्दा सामाजिक दुरी कायम गर्न अर्थात अनलाईन डेलीभरी प्रक्रिया पनि अपनाउनु अती आवश्यक छ ।

६) विकासका प्राथमिकतामा परिवर्तन
आजको आवश्यकता र प्राथ्मिकता अनुरुप हाम्रो विकासका मोडेल पनि परिवर्तन गर्न जरुरी छ । जस्तो ठुला विकास आयोजना, बाटोघाटो, पुल निर्माण, मन्दिर जस्ता भौतिक पुर्वाधारको विकासमा धेरै ध्यान दिनु भन्दा शिक्षा, स्वास्थ्य, कृर्षिमा बढी लगानी गर्ने खालका विकासमा प्राथमिकता दिनु पर्छ । किनभने आज हामीले स्वास्थ्य क्षेत्रमा लगानी गरेर सुविधाजनक अस्पताल बनाउन नसक्दा र गुणस्तरिय उपकरण पनि नहुदा कोरोनाको संक्रमितलाई उपचार गर्न असजिलो भएको छ । त्यसैले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको आधारभुत आवश्यकता हो । स्वास्थ्य नागरिक मात्र समृद्ध नेपाल बनाउन सकिन्छ ।

७) सुचना प्रविधिको प्रयोगमा व्यापकता
हरेक कुरालाई सुचना प्रविधीसँग जोडनु पर्दछ । हाम्रा खानपान, लवाईख्वाई, सबै सरकारी र निजी क्षेत्र, सेवा केन्द्र, बैकिंङ प्रणाली, व्यपारिक केन्द्र, र परिक्षा दिने प्रक्रिया, अनलाईन सपिङ आदी सबैलाई सुचना प्रविधीसँग जोडनु पर्छ । यी सबै सेवालाई बिद्युतीय प्रणाली मार्पmत कारोबार गर्ने प्रविधीलाई आत्मसाथ गरेमा महामारीको बेला पनि हरेक नागरिकले दुख कष्ट झेल्नु पर्दैन ।

९) पर्यटनको विकास रणनीतिमा परिवर्तन
हाम्रो देशले जैविक विविधता र प्राकृतिक सौन्दयताले संसारभरका पर्यटकहरुलाई आर्कषीत गरिरहेको छ । पर्यटन क्षेत्रको तिब्र विकासद्धारा नेपालमा समृद्धी र अन्तरराष्ट्रि पहिचानको बाटोमा अघि बदैछ तर हामीले अब पर्यटनको रणनितीमा परिवर्तन गर्नु जरुरी छ । किनभने लाखौ पर्यटन भित्रयाएर देशको अर्थतन्त्रमा ठुलो बल मिलेतापनि विदेशी पर्यटकसँग कोरोना जस्ता संक्रमण हुने रोग पनि भित्रिने गर्दछ । त्यसैले आन्तरिक पर्यटनमा जोड दिदै बाह्य पर्यटकलाई प्राकृतीक स्थल माग भ्रमण गर्ने प्राकृतिक पर्यटनमा जोड दिनु पर्दछ । त्यसैले पर्यटन क्षेत्रको विकास रणनिती परिवर्तन गर्न आवश्यक छ ।

९) यातायातमा नयाँ नीति
यातायात देशको विकास र मानिसलाई एक ठाँउबाट अर्को ठाँउमा आवत जावत गर्न महत्वपुर्ण साधन हो । तर संक्रमणबाट जोगिन मास सार्वजाानिक यातायात प्रयोगको शुरुवात गर्नु पर्छ ।

१०) वैदेशिक रोजगारीमा कटौती
कोरोनाको महामारीले गर्दा धेरै देशमा आर्थिक संकट छ । व्यपार, उद्योग धन्दा, रेष्टुरेन्ट सबै ठप्प छन । पैसा कमाउने सोच सहितवैदेशिक रोजगारीमा जाने कार्य अविलम्ब बन्द गरिनु पर्छ । आज विदेशमा गएका धेरै नेपाली नागरिकलाई त्यहाँको सरकारले हेरचाह र सुविधा नदिने र आफनो देश फर्कन भनेका छन । त्यसैले आफनै देशमा स्वरोजगार हुने खालका आर्यआर्जन गर्ने काममा लाग्न जरुरी छ । अर्को तर्पm विदेशबाट आएकाले नै कोरोना संक्रमण बोकेर आएको पाईएको छ । त्यसैले वैदेशिक रोजगारी कटौती गरी आफनै देशमा काम गर्ने बानी बसाल्नु पर्दछ ।

११) शिक्षा प्रणालीमा सुधार
अहिलेको हाम्रो शिक्षा प्रणाली आत्मनिर्भर हुने खालको छैन । त्यसैले अब स्वरोजगारमुलक कामको लागि सिप सिकाउने शिक्षामा जोड दिनु पर्दछ । यस्तै प्रविधी मार्पmत काम गर्न सिकाउने शिक्षा दिनु पर्दछ । त्यसैले अब शिक्षा व्यवहारिक, व्यवसाायिक, रोजगारमुलक, सिपयुक्त हुने कुरामा जोड दिनु पर्छ ।

(डा संग्रौला नेपाली कांग्रेसकी केन्द्रिय सदस्य हुन् )