२ जेठ, काठमाडौं । नेकपा सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुने सरकारको नीति तथा कार्यक्रमको बारेमा सचिवालय सदस्यहरुको धारणा माग गरेको नेकपा प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपाको पटक पटक सरेको स्थायी समिति बैठकको बारेमा भने केही कुरा नभएको प्रवक्ता श्रेष्ठको दाबी छ । आज बिहानैदेखी प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेको थियो । आज बेलुकी हुने नीति तथा कार्यक्रमको नेकपाका तर्फबाट अन्तिम रुप दिन सचिवालय बैठक डाकिएको देखिन्छ ।





