पु.समाचार

कोरोनाले मृत्यु भएकी महिलाको १३ दिने शिशु र अन्य सदस्यमा देखिएन कोरोना

५ जेठ काठमाडौं । कोरोनाका कारण मृत्यु भएकी महिलाकी १३ दिने शिशु र अन्यमा कोरोना देखिएको छैन । मृत्यु भएकी २९ वर्षीए सुत्केरी महिलाको बच्या र परिवारका अनय सदस्यको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

रिपार्ट नेगेटिभ आएपछि १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यलयको समन्वयमा पठाउन लागिएको जिल्ला कमाण्ड पोस्टका सदस्यसमेत रहेका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिएका छन् ।

मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो । रिपोर्ट ढिलोसम्म पनि नआएपछि पुरै परिवार तनावमा थियो । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजूले शिशुसहित परिवारका सदस्यको रिपोर्ट आउन केही ढिलाइ भएको स्विकारेका छन् ।

बिहिबारदेखि अस्पतालको गार्ड रुममा अलग्गै राखिएका शिशुसहित परिवारका सदस्य मृतकको नतिजा पोजेटिभ आएपछि धुलिखेलस्थित क्वारेन्टाइनमा राख्न लागिएकोमा प्रशासनले आइसोलेसनमा राख्न निर्देशन दिएको थियो ।