७ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् साँसद डा डिला संग्रौलाले सिङ्गै मुलुक गएको झन्डै २ महिना देखि लकडाउनमा भएको बेला सरकारले ६० वर्ष मुनिका एकल महिला तथा अतिअशक्त अपांगता भएका व्यक्तिहरुलाई दिंदै आएको भत्ता रोकेको समाचार सुनेर म स्तब्ध भएको बताएकी छन् ।
उनले रोजगार गुमाएका मजदूर, न्यून आय भएका जनसमुदाय, एकल महिला तथा अपांग दाजुभाइ दिदी बहिनीहरुलाई न्यूनतम आर्थिक सहायता दिनु पर्ने काँग्रेसले माग गर्दै आएकोमा सरकारको उक्त कदमको निन्दा गरेकी छन् ।
डा संग्रौलाले एक विज्ञप्ती जारी गर्दै सामाजिक सुरक्षा ऐन २०७५ को हवाला दिँदै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आर्थिक वर्ष २०६५/६६ देखि दिइंदै आएको उक्त भत्ता रोक्न दिएको निर्देशन तत्काल फिर्ता गर्न र सामाजिक सुरक्षा नियमावलीमा नियतवस अतिअशक्त अपांगता भएका व्यक्तिलाई छुटाइएको विषयलाई तत्काल सच्याउन पनि म माग गरेकी छन् । उनले उक्त सामाजिक सरोकारको बिषयलाई प्रतिनिधि सभाको आगामी बैठकमा उठाउने पनि जानकारी गराउने समेत गराएकी छन् ।





