८ जेठ, काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष तथा पूर्व उद्योग मन्त्री नविन्द्र राज जोशीले आज उप–प्रधानमन्त्रीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रतिष्ठानले गरेको अध्ययनको प्रतिवेदन पेश गरेका छन् ।
उक्त अध्ययनको अन्य निचोडका अतिरिक्त सरकारले जीडीपीको ५५ अर्थात करिब २ खर्बको आर्थिक तथा राहत प्याकेज तुरुन्त ल्याउनु पर्ने रहेको प्रतिष्ठानले जनाएको छ ।
यसबाहेक जीवनयापनमा समस्या परेकालाई नगद वा खाद्यान्न उपलब्ध गराउनु पर्ने, कोभिड–१९ को व्यापक परीक्षण गर्नु पर्ने, एसईई परीक्षा खारेज गर्नु पर्ने, स्वास्थ्यकर्मी लगायत अग्रभागमा रहेर काम गर्नेको मनोबल बढाउन भत्ता तथा सुरक्षाको स्तर बढाउनु पर्ने जस्ता निचोड पनि उक्त अध्ययनको रहेको अध्यक्ष जोशीको दाबी छ ।
केहीदिन अगाडी नै उक्त अध्ययन प्रतिबेदन प्रतिष्ठानले सार्बजनिक गरेको थियो ।





