१५ जेठ, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आज अर्थमन्त्री युवराज खतिवडाले बिनियोजन गरेको बजेटलाई कोरोनाबाट देश प्रताडित हुँदा स्वास्थ्यलाई राज्यको दायित्व बनाउने ठूलो अवसर भएपनि त्यो पटक्कै हुन नसकेको टिप्पणी गरेका छन् ।
उनले ट्वीट गर्दै सरकारले अझै बरू थोरै कटौतिका साथ सांसद कोषको ‘वित्तीय अपराध’ जारी राखेको उनको दाबी छ । संयोजक मिश्र भन्छन्, ‘ यस्तो बेलामा के प्रत्येक चुनाव क्षेत्रमा एउटा सडक आवश्यक थियो ? सदा झैँ ‘फोकसहीन’कनिका छराई बजेट कायम रह्यो।’





