अन्तर्राष्ट्रिय

भारतमा ‘श्रमिक विषेश’ रेलबाट ५२ लाख यात्रुलाई सेवा

एजेन्सी । भारतमा अहिले सञ्चालन गरिएको ‘श्रमिक विषेश रेल’मार्फत् बिहीबारसम्म ५२ लाख यात्रुले यात्रा गरेका छन् । लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका मजदुरहरुलाई सम्वन्धित ठाउँमा पुर्याउनका लागि भन्दै केही दिनदेखि भारतमा मजदुर विषेश रेल सञ्चालन गरिएको छ ।

यो अवधिमा बिहीबारसम्म तीन हजार ८४० ‘श्रमिक विषेश’ रेल सञ्चालन गरिएको रेल वे बोर्डका अध्यक्ष विनोद कुमार यादवले शुक्रबार जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले वितेको हप्ता मात्रै २० लाखभन्दा बढी श्रमिकहरुले ‘श्रमिक विषेश’ रेलबाट यात्रा गरेको जानकारी दिएका छन् । श्रमिकहरुलाई उनीहरुले चाहेको प्रदेशमा लगिएको पनि उनले बताए ।

यही मे २० तारिखसम्म कुल २७९ ‘श्रमिक विषेश’ रेल सञ्चालन भएका थिए भने तिनीहरुलाई प्रदेश सरकारको समन्वयमा सञ्चालन गरिएको यादवले बताएका छन् । सवैभन्दा धेरै यात्रु उत्तर प्रदेशमा रहेको पनि उनले जानकारी दिएका छन् ।