पु.समाचार

आजमात्र भेटिए कोरोना संक्रमीत ३१४ जना, पुगे नेपालमा ३७६२ जना

२६ जेठ, काठमाडौं । आजमात्र ३१४ जना कोरोना संक्रमीत भेटिएका छन् ।

यससंगसंगै नेपालमा कोरोना संक्रमीतको संख्या जम्मा ३७६२ पुगेको छ । स्वास्थय मन्त्रालयमा आज गरिएको पत्रकार सम्मेलनमा उक्त कुरा पुष्टी भएको हो ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमीतमा पुरुष २९४ जना र महिला २० जना छन् ।

कोभिड–१९ सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनको मृत्यु भएसँगै अहिलेसम्म १४ जना कोभिड–१९ को कारणले मृत्यु भएका छन् ।

आज देखिएका सङ्क्रमितसँगै जम्मा सङ्क्रमितको सङ्ख्या तीन हजार ७६२ जना रहेको छ । यसमा पुरुषको सङ्ख्या तीन हजार ५०६ र महिला २५६ रहेका छन् ।

यसैगरी आज २१ जना कोभिड–१९ सङ्क्रमणबाट निको भई घर फर्किएको सो अवसरमा जानकारी दिइयो । उनीहरुमध्ये बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २० जना र कोभिड–१९ युनिफाइड अस्पतालबाट एक जना डिस्चार्ज भएका छन् । क्यान्सर अस्पतालबाट डिस्चार्ज हुने सबै बाँके नरैनापुरका १३ वर्षदेखि ५२ वर्षका पुरुष १५औँ दिनदेखि २०औँ दिनमा भएका छन् । यस्तै युनिफाइड अस्पतालबाट एक जना २३ वर्षकी महिला ५ दिनमा डिस्चार्ज भएकी हुन् । यसरी आज डिस्चार्ज हुनेसँगै अहिलेसम्म ४८८ जना डिस्चार्ज भएका छन् ।