आर्थिक

बिओके क्यापिटल मार्केटको संचालक समितिको अध्यक्ष र संचालक नियुक्त

३० जेठ, काठमाडौं । बैंक अफ काठमाण्डूको सहायक कम्पनि बि.ओ.के क्यापिटल मार्केटको अध्यक्षमा महेश मिश्र नियुक्त भएका छन् ।

बैंकको ५९औं संचालक समितिको बैठकले महेश मिश्रलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

साथै उक्त बैठकबाट बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको संचालकमा चन्द्र राज शर्मालाई नियुक्त गरेको छ । संचालक शर्मा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट क्यापिटलको संचालकमा नियूक्त भएका हुन् ।