आर्थिक

प्रोग्रेशिभ फाइनान्सद्वारा ब्याजदरमा २ प्रतिशतसम्म छूट

३० जेठ, काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले कर्जा सुविधा उपभोग गरिरहेका आफ्ना सम्पूर्ण ग्राहकहरुलाई २०७७ आषाढ मसान्तसम्मको कर्जाको ब्याज दरमा २ प्रतिशतसम्म छूट दिएको छ ।

कोभिड १९ को महामारीका कारण विश्व अर्थतन्त्रमा देखिएको मन्दीतथा नेपालमा समेत यसको असरबाट देखिएको आर्थिक संकटलाई मध्यनजर गर्दै सर्वसाधारण जनतालाई केही राहत होस् भन्ने उद्देश्यले सम्पूर्ण कर्जाको ब्याज दरमा २ प्रतिशतले छूट दिइएको हो ।

प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले वित्तीय संस्थाको यस कदमले देशको अर्थतन्त्र कमजोर रहेको अवस्थामा केही योगदान पु¥याउने प्रयास गरेको र आगामी दिनमा अझ उत्तरदायी भई कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्पूर्ण कर्जामा दिइएको २ प्रतिशत सम्म व्याजदर छूटबाट वित्तीय संस्थाको शाखअभिवृद्धि हुनुको साथै संस्था प्रति ग्राहकहरुको विश्वास, भरोशा तथा माया अझ प्रगाढ हुदैजाने विश्वास गरिएको छ ।