आर्थिक

बर्दियाको बजेट ७८ करोड ८३ लाख

८ असार, राजापुर । बर्दियाको बारबर्दिया नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८का लागि ७८ करोड ८२ लाख ५० हजारको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको जारी सातौँ नगरसभामा नगर उप्रमुख अञ्जु दहितले चालुतर्फ ४७ करोड २९ लाख ४५ हजार र पूँजीगततर्फ ३१ करोड ५३ लाख ५ हजारको बजेट प्रस्तुत गरे ।
बजेटमाथि मंगलबारदेखि छलफल हुने नगर प्रवक्ता दुर्गाबहादुर विश्वकर्माले जानकारी दिए ।