१५ असार काठमाडौं । लकडाउनका कारण बन्द नेप्से आजदेखी खुलेको छ । तर आज खुलुको नेप्से पहिलो दिनमै कारोबार सुरु भएको ४० मिनेटमै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा नकारात्मक सर्किट ब्रेक लागेको छ ।
नेप्से परिसूचकमा ४ प्रतिशतको अर्थात ४८ दशमलव १७ अंकको गिरावट आएपछि २० मिनेटका लागि बजार बन्द गरिएको छ ।
लामो समयपछि आजबाट सुरु भएको बजार निरन्तर ओरालो लाग्ने क्रममा छ । कारोबारको सो अवधिमा सेन्सेटिभ परिसूचक पनि ३ दशमलव ९ प्रतिशत अर्थात ८ दशमलव ३ अंकले घटेको छ।
एभरेस्ट बैंक, एनआइसी एसिया, ग्लोबल आइएमइ, नबिल, एनएमबी, नेपाल बैंक लिमिटेड, सानिमा बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, माथिल्लो तामाकोशी, शिवम सिमेन्टलगायतका कम्पनीको सेयरमा गिरावट आएको छ ।





