साहित्य

कोहि छन् त बोली दिने !

-सनत कुमार  थापा                                   – कविता

महलमा बस्ने अनि सधै जुत्ता मोजा लागाउने !
फेसन आयो फेस बुकमा धान दिबस मनाउने !!

बस्तबिक किसान मल बिऊ नपाई हैरान हुने !
कृषि उत्पादनले उचित मुल्य कहिले नपाउने !!

जहिले पनि सबै भन्दा मारमा किसानहरू पर्ने !
अकुत सम्पत्ती जोड्नेलाई सधै सस्तो चाहिने !!

गजब छ सधै किसानलाई जिलमिलाउन सकिने !
हैन हो किसान तिमीहरू कहिले सम्म सहेर बस्ने !!

कोरोनाले ल्याएको लक डाउन पनि किसानलाई पत्तै नहुने !
चिन्ता थपियो सलहको प्रकोप पनि बाली नालीमै आउने !!

अनियमित र भ्रष्टाचारमा लिप्तहरू एकै ठाउमा उभिने !
ईमान्दार किसानहरूको पक्षमा कोहि छन बोलिदिने !!