साहित्य

साँध सिमाना

                        -सनत कुमार थापा                             -कविता

आलु रोपेको ठाँउमा पिडालु कूनै हालतमा फल्दैन !
घर भित्र सधै रडाको मच्चाउने अनि छिमेकिले हेप्दैन !!

श्रीमान श्रीमतीको अनाबस्यक रात दिनको झगडा !
कलिला छोरा छोरीले भोग्नु पर्ने अनाबस्यक लफडा !!

रूदै रूदै जान्थिन श्रीमती शरण लिन जाली छिमेकिको घरमा !
मायाँ गरे जस्तो गरि पठाउँथ्यो उस्ले उचाली श्रीमानको बिरोधमा !!

आउथिन श्रीमती शक्तिशाली भै अनि मच्चाउथिन बितण्डना !
अचाक्ली गरे पछि लगाउथे श्रीमान कर्फु आफ्नै घर आगनमा !!

यसको फाईदा उठाई छिमेकिले मिच्यो है साँध सिमाना !
आँखा खुले अब यिन्का के रहेछ दुष्ट छिमेकिको चाहना !!

मिलिजुलि अगाडी बढ सबै बिर्सि बिगतका नमिठा भाबना!
सफलता मिलोस हामी सबैलाई रक्षा गर्न हाम्रो साँध सिमाना !!