साहित्य

सरकारी कोषबाट मदीरा सेवनको भ्रष्टाचार छानविन कहिले ?

           -सनत कुमार थापा                               -कविता

 

सभा सम्मेलन र गोष्ठी उत्सवमा रात्रीभोज आयोजना हूने !
सरकारी कोषबाट मदिरा सेवनको खर्च लेख्न नपाईने !!

निति निर्माता,कार्यान्वयन निकाय समेतको सहभगिता हूने !
सहभगिताको संख्या बढ़ाई मदिराको समेत भूक्तानी गर्ने !!

मज़दूर र कर्मचारीको अगाडी फर्जी लाखौको विल बनाउने !
ईमान्दारीता,नैतिकताका ढोंग रचि अझ फूर्ती फार्ती देखाउने !!

घरमा बिभिन्न किसिमका विदेसी मदिरा सोकेसमा सजाउने !
अनि आफु संभ्रान्त र हैसियतवान भएको प्रमाण पत्र ठान्ने !!

यिनीहरू बाट अब के को आर्थिक पारदर्शिताको अपेक्षा गर्ने!
फर्जी बिल बनाई मदिराको भूक्तानी सरकारी कोष बाट गर्ने !!

सरकारको स्वीकृत नलिई विदेस भ्रमणमा यिनीहरू नै जाने !
अनि खर्चहरूको भुक्तानी आफै निर्णय गरि खुसुक्क लिने !!

नियमनकारी निकाय सबै मेरो गोजीमा छ भनि फूर्ती गर्ने !
हेर्दा त्यस्तै देखिन्छ यो देसमा निस्पक्ष अनूसंन्धान कस्ले गर्ने !!