पु.समाचार

प्रहरी महानिरीक्षक नियुक्ति लगायतको निर्णय गर्न आज मन्त्रीपरिषद बैठक बस्दै

२३ असार काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति लगाएतका निर्णय गर्न आज मन्त्रीपरिषदको बैठक बस्दै छ । आज अपरान्ह ४ बजे बस्ने बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने जानकारी दिईएको छ ।

यस्तै नयाँ महानिरीक्षक बन्ने दौडमा अहिले एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् । थापाको संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन् ।

हालका महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीले ३० वर्ष सेवा अवधिका कारण बुधारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् ।