समाचार

दक्षिण कोरिया जाने वातावरण बनाइदिन भन्दै काठमाडौंमा पदर्शन

२४ असार काठमाडौं । लकडाउन र हवाई उडान बन्द भएर ईपीएस रोजगार प्रक्रिया पूरा गरेर जान तयार भएकाहरूले आज प्रदर्शन गरेका छन् । रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण बनाइदिनु पर्यो भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पुरा गरुँ, बाटो देखाइदिनु‘’, ‘तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी बचाउने रु’, ‘कि रोजगारी दे, कि कोरिया जान दे’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रर्दशनमा उत्रिएका हुन् ।

ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षा पास गरी रोजगारदाताको छनोटमा परिसकेका चार हजारभन्दा बढी नेपाली श्रमिकहरू कोरिया जान पाएका छैनन् ।