आर्थिक

सुन फेरी ६ सयले बढ्योः पुग्यो तोलाको ९१ हजार

२४ असार काठमाडौं । सुनको मूल्य उकालो लाग्नेक्रम जारी रहेको छ । यसैक्रममा बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ पनि तोलाको ९१ हजार ६० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर ९५५ रुपैयाँमा आएको छ । मंगलबार छापावाल सुनको भाउ तोलाको ९० हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९० हजार ४६० रुपैयाँ रहेको थियो । चाँदीको मूल्य प्रतितोला ९५० रुपैयाँमा कारोबार भएको थियो ।