साहित्य

मलाई पबित्र मन रोज्ने मनपर्छ

                                  -नबिन बिक                         -कविता

न कमिनी मनपर्छ मलाई
न दमिनी मनपर्छ
पिज्जा र बर्गर भन्दा
दाल भातमा रम्मीनी मनपर्छ
न गुर्सेनी मन पर्छ
न त मलाई बाउनी मनपर्छ
धन सम्पत्तिको भन्दा
मायाकी साउनी मनपर्छ

न नेवार्नी मन पर्छ मलाई,
न थरुनी मनपर्छ
ड्रम्स र डिस्को भन्दा
मादल र मारुनी मनपर्छ
चाहे पहाडकी पहाडे होस्
या मधेशकी मधेशी
नेपाललाई माया गर्ने
लजालु स्वदेशी मनपर्छ

न लिम्बुनी मन पर्छ मलाई,
न त सर्किनी मन पर्छ
गुच्चीको महंगो पर्फ्युम भन्दा,
मायाको अत्तर छर्किनी मनपर्छ
न ठुकुरी मन परछ मलाई
न कुनै शाह मन पर्छ
अरुसंग बोल्दा उनले गर्ने
मायाको मिठो डाह मनपर्छ

कुनै जातकी हैन मलाई त
केवल शुशील नारी मनपर्छ
पश्चिमेली भेष भन्दा मलाई
नेपालकै सारी मनपर्छ
मानवमा धर्म र जात होईन,
मानवता खोज्ने मनपर्छ
रुप र धनलाई भन्दा
मलाई पबित्र मन रोज्ने मनपर्छ

न कमिनी मनपर्छ मलाई
न दमिनी मनपर्छ
पिज्जा र बर्गर भन्दा
दाल भातमा रम्मीनी मनपर्छ