२ साउन काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ । यस अघि राष्ट्र बैंकको आज बिहान बसेको सञ्चालक समितीको बैठकले मौद्रिक नीति पारीत गरेसंगै आजै सार्वजनिक गरिने भएको हो ।
मौद्रिक नीतिले बैंकका ऋणीहरुलाई ऋण तिर्ने समय दुई वर्षसम्म थपिदिने, घर र सवारी साधनको कर्जामा खुकुलो नीति अपनाउने तथा शेयर धितो कर्जाको सीमा बढाउने सहितका नयाँ व्यवस्था घोषणा गर्ने अनुमान गरिएको छ ।
यस्तै ठुला बैंक तथा वित्तियय संस्थाको मर्जरलाई समेत प्रोत्साहन गर्ने नीतिले घोषणा गर्ने छ । मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने, सेयर धितो कर्जा बढाउने लगायतको व्यवस्था गरेको छ ।
यसैगरी ब्याजलाई पुँजीकरण गर्न मिल्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ । यसैगरी सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँ–गाउँसम्म पुर्याउने समेत नीतिमा उल्लेख गरिएको बताईएको छ ।
यसअघि पाँचतारे होटेलमा गरिने मौद्रिक नीती सार्वजनीक कार्यक्रम यस वर्ष भने नेपाल राष्ट्र बैंकले कोरोना भाईरसका कारण नेपाल टेलिभिजन बाट आज अपरान्ह ३ बजे प्रत्यक्ष लाईभ गरिने भएको छ ।




