पु.समाचार

वीरगञ्जमा फेरी तीन चिकित्सक सहित ५३ जनामा कोरोना पुष्टि

१५ साउन, काठमाडौं । वीरगञ्जमा बुधबार राति फेरी ५३ कोरोना संक्रमीत थपिएका छन् ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बुधबाराति तीन चिकित्सक सहित ५३ जनाको ठुलो सङख्यामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

संक्रमीत हुनेहरुमा तीन वर्षका बालकदेखी ६० वर्षका बृद्ध रहेका छन् ।  मुलुकमा लकडाउन खुलेदेखी संक्रमीतको संङख्या झनै बढ्दै गएको छ त्यसमा पनि वीरगञ्ज त झनै कोरोनाको ईपीसेन्टर बन्दै गएको छ । यस्तै चिकित्सकहरुमा पनि संक्रमण तिब्र फैलिँदै गएको छ ।

यस्तै, नारायणी अस्पतालका एम्बुलेन्स चालक समेत संक्रमित छन् । यस्तै चण्डिप्रसाद गणका एक मेजरको कन्ट्याक्ट ट्रेसिङमा परेका १० जना समेत संक्रमित भएका छन् ।

संक्रमीत मध्य तीनजना बाराका र सबै पर्सामा बस्दै आएको खुलेको छ । नारायणी अस्पतालको क्वार्टरमा बस्ने ११ स्वास्थ्यकर्मीका परिवार पनि संक्रमित भएका छन् ।