साहित्य

ए ओली, बिश्वको सबैभन्दा गफाडीमा नाम लेखायौ

                            -बाबुराम आचार्य                         -कविता

ओली ए, ओली के के बोल्छौ तिमी ओली
प्रचण्ड, माकुने र झलुले निकाल्छन् भोली।
तीनबर्ष भयो प्रधानमन्त्री भाको मात्र बोली
विकास छैन, आकाश खसाल्ने मुखका गोली।।

जनतालाई झुक्याएर भर्यौ तिम्रो झोली
अति हुँदा पनि कुरा गर्न छाड्दैनौ जाली।
धुपौरे छेउमा हुँदा आफ्नै साथी बिर्सिर्यौ
जनताको त कुनै छाडौं कुर्शिमात्र सम्झियौ।।

सत्ताको मातले जनतालाई ढाँट्नसम्म ढाँट्यौ
बिश्वको सबैभन्दा गफाडीमा नाम लेखायौ।
गुण्डा, तस्कर र भ्रष्टाचारीकोमात्र गार्जन भयौ
राष्ट्रपति कार्यलयलाई चिया पसल बनायौ।।

बालुवाटार, ३८ कुईन्टल सुन, ७० करोड भईगए
पर्टी खोल्छौ माकुने, प्रचण्ड र झलुले छाडि गए।
बैद्य बाबुराम बिप्लवलाई प्रचण्डले साईड लगाए
अब काँग्रेसमात्र होईन भगाईदेउ उनीहरुले सताए।।