पु.समाचार

सुन तस्करीमा जोडिएका, नक्कली नोट कारोबारी अन्सारी पक्राउ

२९ साउन, काठमाडौं । सुन तस्करीमा जोडिएका तथा नक्कली नोट कारोबारी अन्सारी पक्राउ परेका छन् । इल्ताफ हुसेन अन्सारी काठमाडौंको कमलादीबाट बरामद भएको भनिएको नक्कली सुन प्रकरणमा जोडिएका थिए ।

काठमाडौंमा साढे १४ बिलो नक्कली सुनमा समेत जोडिएका जाली नोट कारोबारी अन्सारीलाई प्रहरीले बाराको निजगढबाट पक्राउ गरेको हो । उक्त घटनामा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी उनको हो। 

प्रदेश २ प्रहरी प्रवक्ता धीरजप्रताप सिंहका अनुसार पर्सा प्रहीको विषेश टोलिले प्रक्राउ गरेको अन्सारीलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याईँदै छ । काठमाडौंमा नक्कली सुन र हतियार बरामद प्रकरणका मुख्य नाइके पनि अन्सारी नै रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।

बाराका बासिन्दा अन्सारी नक्कलस् नोट काण्डमा जेल परेर छुटेपछि सुन तस्करी लगाएत अवैध कारोबारमा संलग्न रहेको प्रहरीले बताएको छ । उनि भारतमा मोस्ट वान्टेडको सुचिमा समेत रहेका छन् ।