२ भदौ, काठमाडौं । केहि समय अघि पत्थरिको सल्यक्रिया गरेका नेपाली कांग्रेस नवरलपारसीका जिल्ला उपसभापतीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
ललितपुरको पाटन अस्पतालमा उपचाररत नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षका सुवासचन्द्र गिरीको आज बिहान ६ बजे मृत्यु भएको छ ।
गिरीमा पत्थरी को सल्यक्रिया पश्चात स्वास–प्रस्वासमा देखिएपछि पुनः मेडिकल जाँच गराउँदा निमोनिया देखिएकाले पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।
कोरोना पुष्टि भएसंगै बुटवलबाट साउन ३० गते पाटन अस्पताल भर्ना भएका गिरीको भेन्टिलेटरमा उपचार भईरहेकोमा गएराति ११ बजेदेखि स्वासप्रस्वासमा समस्या आई आज बिहान ६ मृत्यु भएको कांग्रेस सांसद देबेन्द्रराज कंडेलले जानकारी दिएका छन् ।
उनी तत्कालीन फोरम लोकतान्त्रिकका नेता रहेका कांग्रेससँग एकीकरणपछि नेपाली कांग्रेसको उपसभापति भएका थिए ।





