समाचार

गृहमन्त्रीलाई लिन हिँडेको स्कर्टिङको अगुवा गाडीले दियो स्कुटरलाई ठक्करः दुई घाईते

ram bdr thapa

२ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापालाई लिन हिँडेको स्कर्टिङको अगुवा गाडीले एक स्कुटलाई ठक्कर दिएको छ। ठक्करबाट स्कुटरको पछाडि बसेकी गर्भवती महिला घाइते भएकी छिन् ।

सिंहदरबारको पश्चिम गेटनजिक गृहमन्त्रीलाई स्कर्टिङमा लिन हिँडेको प्रहरीको बा१झ ५५९४ जीपले बा९४प १०२५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट स्कुटरमा सवार रहेका नुवाकोटकी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापा घाइते भएका हुन् ।

दु्र्घटनापछि उनीहरूलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ । ट्रमा सेन्टरका अनुुसार स्कुटरको पछाडि बसेकी सुजा ३५ हप्ताको गर्भवती हुन् ।

मंगलबार बिहान साढे ९ बजे गृहमन्त्रीलाई लिन हिडेको गाडिले सिंहदरवारको पश्चिम गेटनजिक एक स्कुटरलाई ठक्कर दिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।