८ भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण विराटनगरमा एक पुरुषको मृत्यु भएको छ । आईतबार कोरोना पुष्टि भएका विराटनगर ८ का ६५ वर्षे पुरुषको सोहिदिन राति मृत्यु भएको पुष्टि भएको हो ।
यो संगै कोरोना संक्रमणले महानगरमा मात्रै १० जनाको मृत्यु भएको छ । बिहिबार गरिएको स्वाब संकलनको आईतबार रिपोर्ट पाजेटिभ आएपछि सोहिदिन साँझ ६ बजे अस्पताल भर्ना भएका उनको आईतबार राति ११ बजे मृत्यु भएको हो ।
कोशी अस्पताल कोभिड उपचार केन्द्रमा मृत्यु भएका पुरुषको परिवारका ३ जना सदस्यमा पनि कोरोना पुष्टि भएपछि आइसोलेशन लगिँदै छ ।





