प्रदेश 2

६ देखी ७० वर्षका बृद्ध सहित वीरगञ्जमा थपिए ३८ कोरोना संक्रमित

१५ भदौ, वीरगञ्ज । पछिल्लो समय कोरोनाको हटस्पट बनेको वीरगञ्जमा ३८ जनामा कोरोना पुष्टि भएको छ । ६ वर्षका बालकदेखी ७० वर्षका बृद्ध समेत गरी वीरगञ्जमा ३८ जना कोरोना संक्रमित थफिएका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा ४ सय ३६ जनाको स्वाब परिक्षण गर्दा ८ महिला सहित ३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यस्तै संक्रमित हुनेहरुमा पर्साका ३२ जना, वाराका ४ जना र एक जना सर्लाहीका बासिन्दा रहेका छन् ।

वीरगन्ज महानगरपालिका– ११ श्रीपुरमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । वीरगन्जको छपकैयामा ३ जना, वडा २० मा दुई जना र वडा १५, ६, १३, ५ मा एकरएक जना संक्रमित थपिएका छन् । पर्साको कालिकामाई गाउँपालिका– १ र ४ मा ४र४ जना र वडा ३ मा एक जना कोरोना संक्रमित थपिएका छन् ।

जिराभवानी गाउँपालिका– २ मा थप दुई जनामा कोरोना देखिएको छ । बाराको कोल्भीमा तीन जना र महागढीमाई नगरपालिका– ११ मा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको डा.चौरसियाले जानकारी दिएका छन् ।

उनका अनुसार सर्लाहीका एक जना संक्रमित रामनगर गाउँपालिकाका हुन् । यस्तै नारायणीको आकस्मीक कक्षमा रहेको बिरामिको जिन एक्पर्ट टेष्ट बिधिबाट परिक्षण गर्दा तिनजनामा संक्रमण देखिएको हो ।नेपालमा पछिल्लो समय कोरोनाको भयावहरु स्थिती बन्दै गएको छ । दैनिक जसो झण्डै १ हजार को हाराहारीमा कोरोना संक्रमित थपिईदै गएका छन् भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।