स्वास्थ्य

लामो समय देखी मुटुरोगी पुर्वन्यायाधीश चालिसेको कोरोनाका कारण मृत्यु

१६ भदौ, काठमडौं । ७० वर्षको उमेरका पुर्वन्यायाधीश को कोरोना संक्रमणका कारण ज्यान गएको छ । लामो समयदेखी मुटुरोगी पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोनाका संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि पाँचदिन अघि अस्पताल भर्ना भएका चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए । उनि पहिलेदेखी नै मुटुरोगबाठ पीडित थिए ।