पु.समाचार

काठमाडौंका यी स्थानमा आज अपरान्ह ३ बजेसम्म विद्युत आपूर्ति बन्द

२० भदौ, काठमाडौं । आज शनिवार राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द भएको छ । आज शनिवार बालाजु बितरण केन्द्रको विष्णुमति फिडरअन्तर्गत पर्ने काठमाडौ‌ महानगरपालिका वडा न‌ १५ र १६ को चक्रपथ एरीयामा विद्युतिय संरचना स्थानान्तरण कार्यको लागि विद्युत आपूर्ति बन्द रहने नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार आज शनिवार विहान ९ बजे देखि दिउसो ३ बजे सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु वनस्थलि, ग‌गाहल, माछापोखरी, बालाजु वाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुल लगायतका सम्पुर्ण क्षेत्रहरुका विद्युत आपूर्ति बन्द भएको छ ।

कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ ।