प्रदेश 2

वीरगञ्जमा एक ६० वर्षे पुरुषको कोरोनाका कारण मृत्यु

२३ भदौ, वीरगञ्ज । कोरोना संक्रमणका कारण वीरगञ्जमा एक ६० वर्षे पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणक साथ–साथै टाईप टु डायबटिज लगाएतको पीडित उनको गएराति मृत्यु भएको हो ।

कोरोना संक्रमण पस्चात वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महामगढीमाई नगरपालिका १० का ६० वर्षे पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

मृतक पुरुषमा गत साउन १४ गते कोरोना पुष्टि भएपछि सोहि दिनदेखी अस्पतालमा उपचार हुँदै आएको थियो । पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दिन–दिनै बढिरहेको छ ।