२४ भदौ, काठमाडौं । देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई अहिले विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ , प्रदेश २, बागमती , गण्डकी र प्रदेश ५ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा प्रदेश १ , २, बागती, गण्डकी र प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
ती स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





