समाचार

चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

२४ भदौ, चितवन । चितवनमा थप १२ जनामा कोभिड १९ संक्रमण देखिएको छ । मंगलवार रातिसम्म भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएका थप नमुना परीक्षणमा १२ जनाका कोभिड पोजेटीभ देखिएको हो ।

२ सय ५७ वटा नमुना परीक्षण गर्दा १२ वटामा पोजेटीभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिएकी छिन् ।

संक्रमण देखिएका अधिकास भरतपुर महानगरपालिका हुन्। त्यस्तै एक जना सिन्धुपाल्चोकका २९ वर्षीय पुरुष समेत रहेका छन् ।