पु.समाचार

कोरोनाका संक्रमणका कारण काठमाडौंमा थप एक व्यक्तिको मृत्यु

२४ भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण काठमाडौंमा थप एक जना पुरुषको मृत्यु भएको पुष्टि भएको छ । जावलाखेलस्थित अल्ला अस्पतालमा उपचारका क्रममा मंगलबार बेलुका उनको मृत्यु भएको हो ।

विशाल बजार निवासी मृतक पुरुष मधुमेह र उच्च रक्तचापका बिरामि रहेको अस्पतालले जानकारी दिएको छ ।

स्वास्थ्यमा समस्या आपछि मंगलबार बिहान ३ बजे अस्पताल भर्ना भएका उनमा सोहि दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा मृत्यु भएका उनको शव अहिले नेपाली सेनाले व्यवस्थापन गरिरेको छ ।