२५ भदौ, काठमाडौं । अहिले (बिहीबार बिहान ६ बजे प्रकाशित मौसम पूर्वानुमान बुलेटिनअनुसार) देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली छ भने केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।





