२९ भदौ, काठमाडौं । कोारेनाका कारण आज १५ जनाको निधन भएको छ । आजका मृतक जोड्ना नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ३६० जना पुगेको छ। आज १ हजार १ सय ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आज थपिएपछि ५५ हजार ३२९ जना संक्रमितहरु पुगेका छन् । उक्त कुरा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको प्रेश ब्रिफिगंमा बताएका छन् । आज ९७९ जना कोारेना निको भएर डिस्चार्ज भएका छन् । आज १० हजार ८७८ जनामा कोरोना परीक्षण भएको थियो ।





