अन्तर्राष्ट्रिय

पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प

एजेन्सी । पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ । स्थानीय समयअनुसार बिहीबार बेलुका ४.४६ बजे यति ठूलो भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको छ ।

भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको समाचारमा जनाएको छ । अत्याधिक धेरै भूकम्प गइरहने भएकाले पपुवा न्यूगिनीलाई “रिङ अफ फायर” पनि भन्ने गरिन्छ ।