ब्रेकिङ न्युज

भारि वर्षाका कारण चितवन र गैँडाकोटका विभिन्न स्थान डुबानमा

३० असार, काठमाडौं । सोमबारदेखि आएको भारि वर्षाका कारण चितवन र नवलपरासी (बर्दघाट पूर्व) का विभिन्न ठाउँ डुवानमा परेको छ।

भरतपुर महानगरपालिकाको वडा नम्बर ११का मृगकुञ्जटोल, गोरखाली भरतपुर १२ का गैरीटोल, हाम्रो टोल, वसन्त चोक, पश्चिम चितवनको खैरहनी नगरपालिका ६ स्थित पर्सा बजार क्षेत्र र नवलपरासीको गैडाकोट क्षेत्र जलमग्न देखिन्छन्।

घरभित्रै पानी पसेपछि स्थानीय समस्यामा परेका छन्।भरतपुर १३ को गैरीगाउँको ३० घरधुरी पुर्णरुपमा डुबानमा परेका छन्। पानीको उचित निकास नहुँदा हरेक वर्षायाममा भरतपुरका बस्ती डुबानमा पर्ने गरेका छन् भरतपुरमा नहर मासेर सडक निर्माण गर्दा घरघरमा पानी पस्दै आउने गरेको छ।

त्यसैगरी गैँडाकोटको भृकुटीचोक, बेल्डिहा, प्रगति टोल, झापर्दी टोल लगायत क्षेत्रका बासिन्दा बढी प्रभावित भएका छन्। इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार डुबानमा परेर ३५ जना विस्तापित भएका छन्।

सोमबार राति करिब १० बजे गैँडाकोट नगरपालिका–४ मा जंगल क्षेत्रबाट आएको बाढी र नालाको पानी बस्तीमा पसेको थियो ।