३० असार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह गरेका विवेक मण्डलको शन्तानको शिक्षाको जिम्मा लिने घोषणा गरेका छन्।
र्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा मण्डलको आत्मदाहप्रति गहिरो दुःख व्यक्त गर्दै थापाले मृतकका सन्तानको भविष्यका लागि महत्त्वपूर्ण घोषणा गरेका हुन ।
मण्डलको आज बिहान २ः४० बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै थापाले यस घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको बताएका छन् । यस कठिन घडीमा आफू परिवारको साथमा रहेको उल्लेख गरेका छन्।
थापाले लेखेका छन्, ‘स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु ।’
अपूरणीय क्षतिको यस पीडादायी समयमा परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्दै थापाले सामाजिक सञ्जालमार्फत आफ्नो सहानुभूति प्रकट गरेका छन् ।





