१६ असोज, काठमाडौं । दुई दिन अघि धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । महाभारत २ गोकुलेका का २८ वर्षे युवकको बुधबार मृत्यु भएको थियो ।
तीन–चार दिनदेखी ज्वरो आएपछि कोरोनाको आसंकामा उनलाई विकट मानिने डाँडापारि क्षेत्रबाट हेलिकप्टरमा धुलिखेल अस्पतालमा ल्याईएको थियो । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाका अनुसार स्वाब परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । अस्पतालले मृतक युवकको शव परिवारलाई जिम्मा लगाइसकेको छ ।
परिवारले कोरोना परीक्षण गराउनसमेत आनाकानी गर्दै शव लैजान दबाब दिएपछि सामाजिक दूरी कायम गर्ने, सीमित व्यक्ति मात्रै सहभागी हुने सर्तमा जिम्मा लगाइएको अस्पतालले जानकारी दिएको छ ।





