समाचार

वीरगञ्जमा ३५ जनामा कोरोना संक्रमण पुष्टि

१७ असोज, वीरगञ्ज । पर्साको वीरगन्ञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि भएकामध्ये पर्साका १५ , बाराका १७, रौतहटका दुई र कास्कीका एकजना रहेका अस्पतालका सूचना अधिकारी डा. अतुलेशकुमार चौरसियाले जानकारी दिएका छन् ।

संक्रमितमध्ये २८ जना पुरुष र सातजना महिला रहेका छन् । उनीहरु पाँचदेखि ७७ वर्ष उमेर समूहका रहेको डा. चौरसियाले जानकारी दिएका छन् ।