१७ असोज, विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह प्रवक्ता आशिष श्रेष्ठका अनुसार सुनसरी इनरुवा नगरपालिका १ की २८ वर्षीया महिलाको आज (शनिबार ) बिहान साढे ४ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।
दीर्घ रोग नभएकी महिलाको असोज ८ गते प्रतिष्ठानमा गरिएको पिसिआर स्वाब नमूना पोजेटिभ आएको थियो । यससँगै प्रतिष्ठानमा ३९ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।





