प्रदेश 1

बीपी प्रतिष्ठानमा २ सय ५२ जनाको स्वाब परिक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि

२० असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको कोभिड १९ परीक्षणमा ७२ जना नयाँ संक्रमित देखिएका छन् । अस्पतालको माइक्रोबायोलोजी ल्यबामा २ सय ५२ जनाको परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको हो ।

अस्पतालले जनाएअनुसार उक्त ल्याबमा परीक्षण भएका मध्ये अहिलेसम्म २ हजार ९ सय ४७ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

त्यसैगरी ६ सय १२ जनाको पुनः परीक्षण गर्दा भाइरस पोजेटिभ देखिएको छ । उक्त ल्याबमा ५५ हजार ७ सय ७७ जनाको परीक्षण भइसकेको छ ।

अस्पतालमा उपचारकै क्रममा ४१ जनाको ज्यान गएको छ भने अहिलेसम्म ८ सय ३० जना भर्ना भएर उपचार गराएका छन् ।