काठमाडौं असोज २१ । बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले बिश्व हिन्दु युवा संघको केन्द्रिय समितिलाई पुर्नता दिएका छन् ।
अध्यक्ष शाहले हिजो बिश्व हिन्दु युवा संघको एक सय छ सदस्यीय केन्द्रिय समिति बिस्तार गरेका हुन् । शाहले विश्व हिन्दु युवा संघको प्रवक्ता पनि हिजै चयन गरेका छन् ।
उनले प्रवक्तामा आफुलाई बिगत देखि साथ सहयोग गर्दै आएका उनका बिश्वास पात्र नेपाल विद्यार्थी संघका नेता अनुराग शाहलाई मनोनीत गरेका छन् ।
केन्द्रिय समिति बिस्तार गरेपछि अध्यक्ष शाहले बिश्व हिन्दु युवा संघलाई एक बर्षमा देशको सबैभन्दा ठूलो संगठनको रुपमा बिस्तार गर्ने पनि उद्घोष गरेका छन् ।
उनले आफ्नो संगठनले सनातन हिन्दु धर्मालाई जगेर्ना गरेर नेपालमा पुर्वीया दर्शनमा आधारित अर्थनीति लाग्नु गर्न शसक्त रुपमा लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।






