२२ असोज, काठमाडौं । ललितपुर महानगरपालीकाका मेयर चिरिबाबु महर्जनले कोरोना जितेका छन् । गत असोज ८ गते ज्वारो आउने र रुघाखोकिको समस्या भएसंगै पाटन अस्पचालमा स्वाब परिक्षण गर्दा शुक्रबार मेयरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी बुधबार दिउँसो नै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका थिए ।
बुधबार गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको मेयर महर्जनका स्वकीय सचिव ईन्द्र बज्राचार्यले जानकारी दिएका छन् ।
असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका थिए ।





